मोबाइल र गाडीको चाबी घरै छाडेर बलराम सम्पर्कविहीन, खोजीमा जुटे प्रहरी र आफन्त

पाेखरा | माघ ३, २०७९

मोबाइल र गाडीको चाबी घरै छाडेर बलराम सम्पर्कविहीन, खोजीमा जुटे प्रहरी र आफन्त

पोखराः पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि परिवार र आफन्तसँग सम्पर्कविहीन छन् । 

 

पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गौतम परिवार गैह्रापाटन बस्दै आएका छन् । ५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन नसकेको उनका भतिज विकास आचार्यले जानकारी दिएका छन् । 

 

‘सामान्य दिन झैं काका दिउँसो घरबाट निस्कनु भएछ’ भतिज आचार्यले भने ‘बेलुकासम्म पनि नआउँदा काकाले मोबाइल र गाडीको चाबी घरमै छाडेको पाइयो ।’ त्यसबेला मोबाइल स्वीचअफ भइसकेको पाइएको आचार्यले बताए । 

 

गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ । 

 

निवेदन पाएपपिछ कास्की प्रहरी खोजीकार्यमा जुटेको छ । त्यस्तै, आफन्तहरु पनि पोखराको नारायणस्थान, सराङकोटलगायतको स्थानमा खोजी गरिरहेको आचार्यले जनाए । 

 

गौतम विभिन्न उद्यम र व्यवसायमा संलग्न छन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्